पोखरिया, १५ चैत । पर्सा जिल्लामा आफ्नै श्रीमतीमाथि अमानवीय आक्रमण गरी फरार रहेका श्रीमानलाई प्रहरीले १४ दिनपछि आज पक्राउ गरी सावर्जनिक गरेको छ।
पर्सागढी नगरपालिका वडा नं. ३, बिरूवाटोल निवासी ३० वर्षीय विश्वनाथ सहनीले चैत १ गते बिहान करिब ८ः३० बजे घरायसी विवादका कारण आफ्नी श्रीमती २५ वर्षीया हरिकला देवी सहनीमाथि धारिलो हतियार (दाउ) प्रहार गरेका थिए। उनले प्रहार गरेको हतियारबाट श्रीमतीको बाँया खुट्टा काटी गम्भीर घाइते बनाई रगतामै छाडेर फरार भएका थिए।
घटनापछि सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र स्थानीयवासीको सहयोगमा घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटल परवानीपुर, बारा पठाइएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनापछि फरार रहेका आरोपीलाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी बडनिहारको संयुक्त टोलीले घटनाको १४ दिन पछि हिजो दिउँसो करिब १२ः३० बजे पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट र अंगभंगसम्बन्धी कसूरमा थप अनुसन्धान भइ रहेको प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बतउनु भएको छ।
पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट र अंगभंगसम्बन्धी कसूरमा थप अनुसन्धान भइ रहेको प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बतउनु भएको छ।







