बैकिङ कसुर, चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज, २६ चैत । बैकिङ कसुर, चेक अनादर मुद्दामा १४ लाख ५० हजार जरिवाना र १० दिन कैद  दण्ड सजाय तोकिएपछि फरार भएका एकजना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, बाराले पक्राउ गरेको छ ।

बारा जिल्ला महागढीमाई न.पा. १० गंजभवानीपुरका ५२ वर्षीय महमद फिरोज देवानलाई प्रहारी चौकी गंजभवानीपुर बाराले पक्राउ गरेको हो ।

बारा जिल्ला अदालतले बैकिङ कसुर, चेक अनादर मुद्दामा १४ लाख ५० हजार जरिवाना र १० दिन कैद दण्ड सजाय तोकिएपछि देवान फरार भएको र उनलाई चैत २६ गते महागढीमाई न.पा. वडा नं. १० तरकारीबजारबाट पक्राउ गरी बारा जिल्ला अदालत समक्ष दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले प्रवक्त तथा सूचना अधिकारी प्र.ना.उ. विजयराज पण्डितले जानकारी गराएका छन् ।