वीरगंज, ६ चैत । वीरगंज महानगरपालिका वडा नं. १२ र १३ मा पनि सडक विस्तार हुने भएकोले सडक सीमा क्ष्Fेत्रमा परेका अतिक्रमण हटाउन वीरगंज महानगरपालिकाले सूचना जारी गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं १२–१३ (साविक वडा नं १५ र १६) को साँधमा रहेको बाइपास स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजदेखि मुर्ती चोकसम्म सडक बिस्तार गर्ने भएकोले सडकको मध्य भागदेखि दायाँ बायाँ ५–५ मिटर गरी १० मिटर सडक चौडा (विस्तार) गर्ने कार्य हुने भएकोले २४ घण्टाभित्र अतिक्रमित क्षेत्रको भौतिक संरचना हटाउन सूचना जारी गरेको छ ।
नेपाल आयल निगमको कार्यालयदेखि सबाह अन्सारीको घरसम्म निर्माण भई सकेको र बाँकी रहेको सडक विस्तार गर्ने सम्बन्धमा मिति २०८१–१०–१३ गते नै सार्वजनिक सूचना जारी भएकोमा विविध कारणले अवरूद्ध हुँदै आएकोले अब बाँकी रहेको सबाह अन्सारीको घरदेखि मुर्ती चौकसम्मको सडकको केन्द्रबाट ५–५ मिटर दायाँ बायाँ गरी जम्मा १० मिटर सडक क्षेत्रभित्र निर्माण भएका भवनहरू (संरचनाहरू) सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र अर्थात् सोमवार दिउँसो ३ बजेसम्म खाली गर्नु हुन सम्बन्धीत सबैमा जानकारी गराइएको महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्णले जनाएका छन् ।







