जेंजी सहिदको स्मृतिमा वीरगंजमा वृहत रक्तदान, १११ जनाको सहभागिता

वीरगंज – जेंजी सहिदको स्मृतिमा राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज, पर्साद्वारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पर्सा निर्वाचन क्षेत्र नं. १ का माननीय हरिपन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुल १११ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा ७ जना महिला र १०४ जना पुरुष सहभागी रहेका थिए। कार्यक्रमले स्थानीय स्तरमा मानवीय सेवाको भावना अभिवृद्धि गर्दै सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर पटेल, प्रमुख सौरभ पाण्डे, राजन श्रीवास्तव लगायतको विशेष सहयोग रहेको थियो। साथै मार्टिन मोक्तान, बिचित सिंह, दीपक सिंह लगायत अन्य सहयोगीहरूको पनि महत्वपूर्ण भूमिका रहेको थियो।

आयोजकले रक्तदान गरी मानवीय उदाहरण प्रस्तुत गर्ने सम्पूर्ण रक्तदाताहरू तथा सहयोगीहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।