वीरगंज–२७ मा जेनजी पर्साको ४० सदस्यीय कमिटी गठन

वीरगंज, १४ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर २७ मा जेनजी पर्साले एक कार्यक्रम आयोजना गरी ४० सदस्यीय वडा कमिटी गठन गरेको छ।
कार्यक्रममा विशाल कुमार पटेललाई वडा इन्चार्ज तोकिएको छ भने विकास प्रसाद यादवको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो।
गठित कमिटीको उपाध्यक्षमा रूपेश प्रसाद यादव, सचिवमा राहुल पटेल, सह–सचिवमा अर्जुन प्रसाद यादव तथा कोषाध्यक्षमा सन्दिप पासवान चयन भएका छन। त्यसैगरी सदस्यहरूमा किशन पटेल, पप्पु पटेल, रोशन पटेल, विवेक यादव, आकाश बैठा, राजन पटेल, मनीष यादव, रवि यादव लगायत रहेका छन।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा इन्चार्ज विशाल कुमार पटेलले जेन जिको सिद्धान्त र उद्देश्यअनुसार समाजमा रहेका विकृति तथा विसंगतिविरूद्ध युवाहरूलाई एकताबद्ध गर्दै परिवर्तनको अभियान अघि बढाउने बताए। उनले युवाहरूलाई सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनतर्पm सक्रिय बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे।
त्यसैगरी वडा २७ का अध्यक्ष विकास प्रसाद यादवले भ्रष्टाचारविरूद्ध कडा रूपमा अभियान सञ्चालन गर्ने उद्घोष गर्दै आफ्नो वडामा सुशासन र पारदर्शिताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जेनजी पर्साका संयोजक महादेव प्रसाद कुर्मी, मुख्य सल्लाहकार वीरेन्द्र कण्ठ लगायत जेन जिका युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।