विभेदकारी सूचना तथा विज्ञापन नीतिविरूद्ध प्रधानमन्त्रीलाई हस्ताक्षरसहित ज्ञापनपत्र बुझायो

वीरगंज २४ जेठ । नेपाल सरकारद्वारा लागू गरिएको सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी नीतिको विरोधस्वरूप नेपाल पत्रकार महासंघ पर्साका सञ्चारकर्मी तथा सरोकारवालाहरूले सङ्कलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पठाइएको छ।
नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत सङ्कलन गरिएको हस्ताक्षर सोमवार जिल्ला प्रशासन कार्यालय पर्सामार्पmत प्रधानमन्त्रीलाई पठाइएको हो।
नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोको नेतृत्वमा सञ्चारकर्मीहरू को टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लाई ज्ञापनपत्र बुझाएको हो ।
सो ज्ञापनपत्रमा सरकारले लागू गरेको सूचना तथा विज्ञापन नीतिले विशेषगरी मोफसलका सञ्चारमाध्यमलाई प्रत्यक्ष रूपमा असर पार्ने उल्लेख गर्दै नीति पुनरावलोकन गरी संशोधन गर्न माग गरिएको छ। विज्ञापन वितरण तथा सरकारी सूचनाको पहुँचमा असमानता सिर्जना गर्ने प्रावधानहरूले स्थानीय सञ्चारमाध्यमको अस्तिŒव नै संकटमा पार्न सक्ने भन्दै अबिलम्ब सच्च्याउन ध्यानाकर्षण गराइएको छ।
सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता, समान अवसर र सञ्चारमाध्यमको दिगो विकासका लागि विभेदकारी व्यवस्था हटाउनुपर्ने आवश्यकता औँल्याएका छन। साथै, सञ्चार क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श नगरी नीति लागू गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सरोकारवालाको सहभागीतामा नीति परिमार्जन गर्न आग्रह गरेका छन।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व संस्थापक अध्यक्ष शंकर खतिवडा सहित महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।