नेरामावि श्रीपुरमा नयाँ भवन शिलान्यास

वीरगंज,१० भदौ । नेपाल राष्ट्रिय विद्यापीठ मावि, श्रीपुर, वीरगंज–११ मा सुविधासम्पन्न दुई तले १४ कोठे नयाँ भवन निर्माण कार्यको  नेकपा एमालेका नेता तथा पूर्वसांसद प्रभु हजराले भवनको शिलान्यास गरेका छन् ।

केन्द्र सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगंजमार्पmत १ करोड ८६ लाख ८ हजार रुपियाँँको कुल लागतमा भवन निर्माण हुन लागेको हो।

भवन निर्माणको ठेक्का ‘पिपी अंकित जेभी, विन्दवासिनी–५, पर्साले पाएको छ। विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहका अनुसार निर्माण कार्य आगामी असार ३२ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ।

विद्यालय परिसरमा दक्षिणतर्पm सडकसँगै रहेको पुरानो तथा जीर्ण भवन भत्काएर त्यसै स्थानमा उत्तर मोहडा भएको दुर्ई तले १४ कोठे नयाँ भवन निर्माण गर्न लागिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल मेडिकल कलेज वीरगंजका निर्देशक डा. जैनुद्दिन अंसारीको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार जगदिशप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतो, पत्रकार शंकर आचार्य,शंकर पटेल,वीरगंज महानगरपालिका–११ का वडा अध्यक्ष अजयप्रसाद चौरसिया, पूर्व वडा अध्यक्ष प्रधुम्न सेढाईं, शिक्षाप्रेमी हरि कुर्मीलगायत स्थानीय अगुवा तथा शिक्षक–शिक्षिकाको उपस्थिति थियो।