पर्सामा २४ वटा भारतीय इलेक्ट्रिक स्कुटर पक्राउ

वीरगंज, १४ वैशाख । पर्सा प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका २४ वटा भारतीय इलेक्ट्रिक स्कुटरहरू नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वैशाख महिनाको विभिन्न मितिमा वीरगंज महानगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रहरूमा विना भन्सार अनाधिकृत रूपमा चलाइरहेको अवस्थामा यी स्कुटरहरू पक्राउ गरिएको हो ।
२४ वटा भारतीय इलेक्ट्रिक स्कुटरको अनुमानित मूल्य करिब रू. १९ लाख बीस हजार रहेको बताउँदै थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आज वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार सीमावर्ती क्षेत्रबाट हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ ।