काठमाडौं ५ जेठ । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेर वृद्धा बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सञ्चारकर्मी शैलेश गुप्ताकी आमाकी आमाको काठमाडौंको बासवारीस्थित गंगालाल अस्पतालमा मुटुसम्बन्धी भइरहेको उपचारबारे सांसद शाक्यले सोधखोज गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।

सांसद शाक्यले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा परिवारजनसँग कुराकानी गर्दै उपचार प्रक्रियावारे जानकारी लिएका थिए।

आवश्यक परे आफूबाट हुने सहयोगका लागि सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै सांसद शाक्यले स्वास्थ्य उपचारका क्रममा बिरामीको मनोबल बलियो हुनु अत्यन्त महत्वपूर्ण हुने बताए ।

सञ्चारकर्मी गुप्ताले आफ्नी आमाको स्वास्थ्य अवस्था, चिकित्सकले गरिरहेको निगरानी तथा उपचार प्रक्रियावारे सांसद साक्यलाई जानकारी गराएका थिए। उनले कठिन परिस्थितिमा समेत समय निकालेर अस्पताल पुगेर चासो व्यक्त गरेकोमा सांसद साक्यप्रति आभार व्यक्त गरेका थिए।

सांसद शाक्यले बिरामी तथा परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी र सहज बनाउन राज्यले थप संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनले बिरामीको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धीत निकायले गम्भीर ध्यान दिनुपर्ने  बताए।