रौतहट, ११ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशले २ प्रतिशत विलासिता कर खारेज लगायत विभिन्न माग राख्दै प्रदेश सरकारमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
महासंघ मधेस प्रदेश अध्यक्ष रामजी साहको अध्यक्षतामा मुख्यमन्त्री कृष्ण यादवलाई ज्ञापनपत्र बुझाइएको हो। महासंघले सुनचाँदी व्यवसायीहरू अहिले विभिन्न कर तथा नीतिगत समस्याबाट प्रभावित भइरहेको उल्लेख गर्दै ७ बुँदे माग अघि सारेको जनाएको छ।
ज्ञापनपत्रमा विशेषगरी सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासिता कर तत्काल खारेज गर्नुपर्ने, व्यवसायमैत्री नीति अवलम्बन गर्नुपर्ने, कर प्रणालीलाई सरल र पारदर्शी बनाउनुपर्ने लगायतका मागहरू समेटिएका छन। व्यवसायीहरूले हालको कर नीतिले व्यवसाय सञ्चालनमा कठिनाइ सिर्जना गरेको र उपभोक्तामाथि पनि अतिरिक्त भार परेको बताएका छन।
महासंघका अध्यक्ष साहले व्यवसायीहरूको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै, मागहरू यथाशीघ्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएका छन।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले व्यवसायीहरूको मागप्रति सकारात्मक रहेको जनाउँदै यसलाई आवश्यक समन्वय गरी नेपाल सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले व्यवसायीहरूको मागप्रति सकारात्मक रहेको जनाउँदै यसलाई आवश्यक समन्वय गरी नेपाल सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।




