वीरगंज, १४ चैत । अन्तर्राष्ट्रिय दुसाद समाजले नेतृत्व सिकाइ आदानप्रदान कार्यक्रम कालिकामाइ वार्ड न. २ टोल भेडिहारीमा शनिवार सम्पन्न भएको छ ।
नेपाल पासवान संघ, पर्साद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि अल ईन्डिया पासवान एकता मंचका महासचिव डा. वीरेन्द्र पासवानले पासवानहरूको एकताले सिङ्गो दलित मुक्ति आन्दोलनलाई दरिलो टेवा पुर्याउने बताउनु भयो ।
पासवानले नेपालका पासवानहरूको हितको लागि अल ईन्डिया पासवान संघ हर समय तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
नेपाल पासवान संघ पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षता सम्पन्न कार्यक्रममा पूर्वमन्त्री बिश्वेन्द्र पासवान, पूर्वमन्त्री महेन्द्र पासवान, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य रन्जित पासवान, अल ईन्डिया पासवान एकता मंच बिहारका सचिव विशाल आनन्द, अल ईन्डिया पासवान एकता मंच बेगुसरायका अध्यक्ष सुमन पासवान, पासवान अगुवाहरू मटुक पासवान, सोनी देवी, जयकुमार पासवान, कमलेश पासवान, अमरदेव पासवान, श्याम पासवान लागायतले मन्तव्य ब्यक्त गरेका थिए ।