लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम १२ रनले विजयी

वीरगंज, १६ चैत । पिएम कप अन्तर्गत खेलिएको म्याच नम्बर २० मा सुदुरपश्चिम प्रदेश ले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गर्दै जित हासिल गरेको छ।

टस जितेर लुम्बिनीले पहिले फिल्डिङ रोजेपछि सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै ४५.४ ओभरमा १६८ रन बनाएको थियो। टोलीका लागि दीपक बोहरा (३० रन, ५५ बल) र हेमन्त धामी (२९ रन, ४४ बल) ले योगदान दिए।
बलिङतर्पm लुम्बिनीका अजय चौहान र सन्तोष यादव ले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए।
जवाफमा लुम्बिनी प्रदेशले राम्रो शुरूवात गरे पनि टोली ४०.२ ओभरमा १५६ रनमा अलआउट भयो। सन्तोष यादव (६७ रन, ८४ बल) र दर्श सुनार (३६ रन, ४९ बल) ले संघर्षपूर्ण इनिङ्स खेले पनि जित दिलाउन सकेनन।
सुदुरपश्चिमका बलरहरूले दबाब कायम राख्दै उत्कृष्ट बलिङ गरे। विशेषगरी खडक बोहरा ले अलराउण्ड प्रदर्शन गर्दै ३ विकेट लिनुका साथै ४० रनको इनिङ्स खेले। डक बोहरालाई उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ दि म्याच घोषित गरियो ।