बारा, १७ चैत । जिल्ला प्रहरी कार्यालय, बाराले चैत १६ गते सांझ ५ बजेको समयमा इलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले ६ ग्राम २१० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा.वडा नं.१० नितनपुर चौकमा चेकजाँच गर्ने क्रममा प्रहरीले पर्सा वीरगंज म.न.पा. वडा नं. २१ परवानीपुर बस्ने वर्ष २५ को अनिल साहको इलेक्ट्रिक स्कुटी चेकजाँच गर्दा ६ ग्राम २१० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ भेटिएको जनाएको छ ।
अनिल साहलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







