वीरगंज, २१ चैत । जिल्ला आर्थिक गणना कार्यालय पर्साको आयोजनामा शनिवार जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा अर्थतन्त्र मापनको लागि आर्थिक गणना राष्ट्रिय आर्थिक गणना २०८२ संचालन सम्बन्धमा सरोकारवालाहरूसंग अन्तरक्रिया तथा सचेतना गोष्ठी सम्पन्न भएको छ ।
तथ्याङ्क समन्वय कार्यालय पर्साका प्रमुख पुष्कर बिजुक्षेले अहिले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ मा सहभागी हुन देशभरका उद्योगी तथा व्यवसायीलाई आहवान गरेको छ।
कार्यालयले जारी गरेको अनुरोध पत्रमार्फत देशका सबै प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्ने उद्योग, व्यवसाय तथा संस्थाहरूलाई गणनामा सहभागी हुन आग्रह गरिएको हो।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सरकारले ल्याएको नीति नियम कानुनलाइ पालन गर्न जरूरी रहेको बताउनुभयो ।
बेरोजगारी दर कम गर्न यो तथ्यांक ल्याउन लागेकोले सबैको सहयोग आवश्यक रहेको उहांले धारणा राख्नुभएको हो।
तथ्याङ्क समन्वय कार्यालय पर्साका प्रमुख पुष्कर बिजुक्षेले अहिले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ मा सहभागी हुन देशभरका उद्योगी तथा व्यवसायीलाई आहवान गरेको छ।
कार्यालयले जारी गरेको अनुरोध पत्रमार्फत देशका सबै प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्ने उद्योग, व्यवसाय तथा संस्थाहरूलाई गणनामा सहभागी हुन आग्रह गरिएको हो।
गणनाबाट प्राप्त हुने तथ्याङ्कले देशको वास्तविक आर्थिक अवस्था पहिचान गर्न तथा भावी आर्थिक नीति निर्माणमा महŒवपूर्ण सहयोग पुग्ने जनाइएको छ।
पत्रमा दर्ता भएका वा नभएका, साना–ठूला, स्थायी वा अस्थायी सबै प्रकारका व्यवसायलाई अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरिएको छ। यसबाट देशभरका आर्थिक एकाइहरूको समग्र विवरण सङ्कलन गरिनेछ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार उक्त गणना देशका सबै वडा, स्थानीय तह, जिल्ला तथा प्रदेशमा सञ्चालन गरिनेछ। यसले मुलुकको आर्थिक गतिविधिको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै विकास योजनाहरू निर्माण गर्न आधार प्रदान गर्ने विश्वास लिइएको बताएका छन। चैत १ गते देखि कार्यालय शुरू गर्ने निर्णय संगै पर्सा जिल्लामा पनि काम गर्न थालिएको बताएका हुन। प्रमुख बिजुक्षेले बताए अनुसार भोलि वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतित्यमा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्न लागेको जसमा ३२ वडाका वडाहरू र १३ वटा पालिकाका प्रशासकीय अधिकृतहरूको उपस्थिति हुने बताएका छन। अन्तरक्रिया कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा सरोकारवालाहरू उल्लेखनीय उपस्थिति रहेको थियो।