वीरगंज–३ छपकैयामा शुभ अष्टयामको अवसरमा सरसफाइ कार्यक्रम

वीरगंज, २७ चैत । वीरगंज महानगरपालिका वडा नं. ३ छपकैयामा पवित्र शुभ अष्टयाम शनिवारदेखि शुरु हुन गइरहेको छ ।

समाजसेवी हरिशंकर यादवको पहल तथा छपकैया–३ का युवाहरूको सक्रियतामा शुक्रवार सम्पूर्ण टोलमा बृहत सरसफाइ कार्यक्रम गरिएको छ।

सरसफाइ कार्यक्रममा सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजसेवी हरिशंकर यादवले कृतज्ञता प्रकट गर्नुभएको छ ।

देश, समाज र टोलमा शान्तिको कामना गर्दै वीरगंज–३ मा बृहत २४ अष्टयाममा भजनकिर्तन, धार्मिक अनुष्ठान लगायत हुँदैछ । अष्टयाममा सहभागी हुन आयोजकले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।