पर्सागढी, ३ चैत । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा न–५ बौहर्वामा गए राति एक घरमा आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
बौहर्वा निवासी राजमहमद मियाँको घरमा गए राति करिब दस बजेको समयमा अचानक आगलागी हुँदा घरजलेर पुर्ण रूपमा नष्ट भएको छ भने घरमा रहेको लत्ताकपडा अन्न र एक थान प्लाटिना मोटरसाईकल जलेको र करिब तीन लाख पचास हजार बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय एकटाङ्गाका ईन्चार्ज कुलपित यादवले जानकारी दिए । आगलागी कसरी भएको हो अहिलेसम्म खुल्न सकेको छैन ।
समयमै पर्सागढी नगरपालिकाको बारूण यन्त्र पुगेको कारण गाउँमा थप क्षति हुन नपायको स्थानीय हरूले बताएका छन् ।
त्यसैगरी आगलागी भएको घरको निरीक्षण गर्न आज बिहान पर्सागढीका नगरप्रमुख गोकर्ण पाठक पुगेका छन उनले निरीक्षण गर्दै ब्यक्तिगत रूपमा चामल, दाल, तेल, चिउरा, आलु लगायतका सामाग्री समेत दियको र नगरको बिपत्त ब्यवस्थापनबाट घर बनाउन थप सहयोग गर्ने वचन दिएका छन ।







