वीरगंज, ३ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल पर्सा र भारतीय एसएसबीले दशगजा सीमा क्षेत्र नजिकै रहेको खुला मदिरा पसल र टहरा हटाएको छ ।
बिहीवार पर्सा जिल्लाको बिन्दवासिनी गा.पा–४ प्रसौनीभाठ्ठा अमरपट्टीको दशगजा सिमा इलाकामा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हेड क्वार्टर अलौ, प्रहरी चौकी अम्मरपट्टीको टोली र भारतको पूर्वी चम्पारण सिसुवा ग्राम पंचायत– १ सिसुवाका एसएसबी धुपाटोलाको संयुक्त टोलीले दशगजा सीमा इलाकामा अतिक्रमण गरि बनाइ अबैध रूपमा संचालन गरेको खुल्ला मदिरा, भट्टी पसल र बेचबिखन गर्ने टहराहरू भत्काएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाल तर्फ रहेका ५ वटा टहरा, ३ वटा मदिरा पसल, १ वटा भट्टी र भारततर्फ रहेका ३ वटा टहरा भत्काएको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जनाएको छ ।