पर्सामा ११ सदस्यीय कार्यसमिति गठन, पीडित किसान र महिला उद्यमीका समस्या संकलन गर्ने निर्णय

 

पवन प्रसाद साह

पर्सा, — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल जिल्ला कार्यसमिति पर्साको संयोजक शम्भु प्रसाद चौरसियाको अध्यक्षतामा आज बसेको बैठकले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा शम्भु प्रसाद चौरसिया चयन भएका छन् भने उपाध्यक्षमा चन्द्रिका सहनी र राजेश चौहान रहेका छन्। त्यस्तै, सचिवमा अजय पौडेल, सह–सचिव तथा प्रवक्तामा पवन प्रसाद साह र कोषाध्यक्षमा उदित सहनी चयन भएका छन्। सदस्यहरूमा हरिनारायण चौरसिया, बिरेन्द्र प्रसाद यादव, राजेश गुप्ता लगायत रहेका छन्।

बैठकले जिल्लाभित्र गैर–बैंकिङ सम्पत्ति, घरजग्गा लिलामी तथा कालोसूचीमा परेका किसान र महिला उद्यमीहरूको समस्या संकलन गर्ने महत्वपूर्ण निर्णय समेत गरेको छ। यसका लागि सम्बन्धित पीडितहरूबाट फारम संकलन गरी दुर्गा प्रसाई नेतृत्वमा रहेको केन्द्रीय समितिअन्तर्गत अर्थ तथा ऋण विभाग सचिवालयमा यहि १२ गते भित्र पठाइने निर्णय गरिएको छ।

कार्यसमितिले पीडितहरूको हक–हितका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा थप सक्रिय रूपमा काम गर्ने जनाएको छ।