सफल उद्यमी बन्न व्यावहारिक सीप आवश्यक– अशोक टेमानी

वीरगंज २० चैत । उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य अशोक टेमानीले आजको प्रतिस्पर्धात्मक युगमा केवल किताबी ज्ञानले मात्र सफल उद्यमी बन्न नसकिने बताएका छन् ।
वीरगंजमा उद्यमशीलता विकासलाई लक्षित गर्दै ‘स्केलअप नेपालद्वारा आयोजित ५ दिने इन्टेन्सिभ ट्रेनिङ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको समयमा व्यवहारिक ज्ञान, सीप र अनुभव अत्यन्त आवश्यक छन। यस्ता तालिमहरूले उद्यमीहरूलाई वास्तविक बजारको चुनौती सामना गर्न सक्षम बनाउँछन।”
उद्यमशीलता विकासका लागि यस्ता कार्यक्रमहरू अपरिहार्य छन् र यसले नयाँ पुस्तालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँदै आर्थिक गतिविधि वृद्धि तथा रोजगारी सिर्जनामा समेत टेवा पुर्याउने वक्ताहरुले जोड दिएका छन् ।
नेपालका उदीयमान उद्यमीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन उद्देश्य राखिएको उक्त कार्यक्रम २० गतेदेखि २४ गतेसम्म वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन भएको कार्यक्रमको संयोजन पिन्की खेतानले गरेकी हुन् भने संस्थापक अमित अग्रवालको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, वीरगंज उद्योग वाणिज्य संघका अनुप अग्रवाल तथा करिब १२० जना उद्यमीहरूको सहभागीता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा अनुभवी प्रशिक्षक (एक्सपर्ट ट्रेनर)हरूद्वारा सहभागीहरूलाई व्यावसायिक सीप, बजार व्यवस्थापन, नवप्रवर्तन (इनोभेसन) तथा उद्यम विस्तार सम्बन्धी व्यवहारिक तालिम प्रदान गरिँदैछ।