बारा, ९ कात्तिक । बारा जिल्लाको प्रसौनी गाउँपालिकाको पतञ्जलि उद्योग नजीकै गत बिहीवार हरि खेतान बहुमुखी क्याम्पस वीरगंजको बसको दुर्घटनाबाट घाइते भएका बालक मनीष पटेलको आज एसएल न्युरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
सो सडकखण्डमा मोटरसाइकलको ठक्करबाट हुत्तिएका बालक हरि खेतान बहुमुखी क्याम्पस बसको चक्कामा पुगेका थिए ।
घटनाको विवरण अनुसार दुर्घटनालगत्तै घाइतेको उपचारका लागि आवश्यक खर्च जुटाउन स्कुल प्रशासनले इन्स्योरेन्सको रकम आएपछि भुक्तानी गरिदिने आश्वासन दिँदै तत्कालका लागि गाउँबाट चन्दा सङ्कलन गरेर उपचार गर्न भनेको पीडित परिवारको आरोप छ ।
पीडित परिवारले अस्पतालका चिकित्सकहरूको लापरवाहीका कारण बिरामीको ज्यान गएको दाबी गरेको छ । यता, एल.एस. न्यूरो एण्ड जनरल हस्पिटल प्रशासनले भने परिवारको आरोपको खण्डन गर्दै बिरामीको ज्यान बचाउन आफूहरूले उपचारमा कुनै कसर बाँकी नराखेको र चिकित्सकको तर्पmबाट कुनै लापरवाही वा दोष नरहेको स्पष्ट पारेको छ ।
घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाहरूले निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेका छन् । मृतक बालकको परिवारजन निकै गरीब रहेको र भिख मागेर गुजारा चलाउंदै आएको बताएका छन् ।
हेर्नुहोस भिडियो



