बीरगंजको पावरहाउस चोकमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बीरगंज ९ मंसिर ।

बीरगंज को पावरहाउस चोकमा भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

पीबी १० एचजी ९७२२ नम्बरको भारतीय ट्रकले बागमती प्रदेश ०३–००५ प ४२५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई तत्काल उद्धार गरी उपचारका लागि नारायणी न्युरो अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् ।

मृतकको नाम, थर र वतन अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙