नवलपुरमा जन्ती बोकेको बोलेरो दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

नवलपुर  १० मंसिर ।

नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । कावासोती–१६ डण्डाबाट दुम्कीबासतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक (असई) भीमबहादुर थापाका अनुसार दुर्घटनामा परी विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरीको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएकाहरूमध्ये ९ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । यस्तै, गम्भीर घाइते भएका अन्य २ जनालाई भने थप उपचारका लागि भरतपुर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙