पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै पर्सामा पत्रकारहरूको धर्ना

 

बलिराम शुक्ला,बिरुवागुठि,९मंसिर/  प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित नेपाल पत्रकार महासंघ पर्साको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय पर्साअगाडि धर्ना कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा ब्यानरसहित आयोजित धर्नामा पर्साका सञ्चारकर्मी हरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वरिष्ठ पत्रकार दीपेन्द्र चौहानले सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने, लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोज्ने सरकारी कदमको विरोधमा महासंघको केन्द्रीय सर्कुलरअनुसार सामूहिक गिरफ्तारी दिने कार्यक्रम आयोजना गरिएको बताए।

त्यस्तै, महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले राज्य प्रेस स्वतन्त्रताको विपक्षमा उभिएको आरोप लगाउँदै पत्रकारहरूले सामूहिक गिरफ्तारी दिन तयार रहेको घोषणा गर्दा पनि राज्य आफ्नो जिम्मेवारीबाट पछि हटेको बताए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारितामाथिको हस्तक्षेपविरुद्ध देशव्यापी रूपमा भइरहेको आन्दोलनअन्तर्गत पर्सामा पनि धर्ना कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙