डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"border":1,"transform":2,"square_fit":1},"edited_since_last_sticker_save":true,"containsFTESticker":false,"is_sticker":false}

काठमाडौं, १०मंसिर :

जेनजी मुभमेन्ट नेपालले मलेसिया बायोमेडिकल प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमान सभामुख डोलप्रसाद (डीपी) अर्याल र इनम सापकोटा मोबाइल प्रकरणमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन (कुमार व्यञ्जनकार) लाई राजनीतिक संरक्षण नदिन प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई चेतावनी दिएको छ।

मुभमेन्टले बुधबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक केसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै दुवै प्रकरणमा राजनीतिक दबाब र प्रभावबिना निष्पक्ष अनुसन्धान गर्न माग गरेको हो।

मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क असुली गरी करिब १ अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको भनिएको प्रकरणमा विभिन्न व्यक्तिमाथि अनुसन्धान भइरहेका बेला तत्कालीन श्रममन्त्री डीपी अर्यालको कार्यकालमा समेत करिब ७ करोड २९ लाख रुपैयाँ मलेसिया पठाइएको सार्वजनिक विवरणमाथि अनुसन्धान हुनुपर्ने मुभमेन्टको माग छ।

एउटै प्रकृतिको प्रकरणमा अन्य मन्त्री तथा अधिकारीमाथि अनुसन्धान हुने तर अर्यालको कार्यकालका निर्णय र आर्थिक कारोबारमाथि अनुसन्धान नहुने हो भने प्रहरीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्ने मुभमेन्टले जनाएको छ।

त्यस्तै, इनम सापकोटाको प्रहरी नियन्त्रणमा रहेको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्री कार्यालय हुँदै कुमार बेनको निवाससम्म पुगेको, मोबाइलमा डिजिटल गतिविधि भएको, स्क्रिनसट लिइएको र केही सन्देश मेटाइएको भन्ने सार्वजनिक विवरणमाथि गम्भीर अनुसन्धान गर्न माग गरिएको छ।

यस प्रकरणमा कुमार बेनसहित सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धानको माग गर्दै काठमाडौं प्रहरी परिसरमा विधिवत् जाहेरी दर्ता गराइसकेको भए पनि अहिलेसम्म अनुसन्धानको प्रगति र कारबाहीबारे स्पष्ट जानकारी प्राप्त नभएको मुभमेन्टको भनाइ छ।

‘कुमार बेनविरुद्ध जाहेरी दर्ता भइसकेको छ। अब अनुसन्धान किन भइरहेको छैन? अनुसन्धान रोकिएको हो वा राजनीतिक दबाब र प्रभावका कारण प्रक्रिया प्रभावित भइरहेको छ?’ मुभमेन्टले प्रहरी नेतृत्वसमक्ष प्रश्न गरेको छ।

ध्यानाकर्षणपत्रमा नेपाल प्रहरी सरकार वा कुनै राजनीतिक दलको निजी संगठन नभई संविधान र कानुनअनुसार काम गर्ने व्यावसायिक तथा निष्पक्ष सुरक्षा निकाय हुनुपर्ने उल्लेख गरिएको छ।

‘नेपाल प्रहरी सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन हो कि संविधान र कानुन कार्यान्वयन गर्ने निकाय हो? प्रहरीको जिम्मेवारी सत्तामा रहेका व्यक्तिको स्वार्थ रक्षा गर्नु होइन, कानुनको शासन कायम गर्नु हो,’ मुभमेन्टले प्रश्न गरेको छ।

मुभमेन्टले डीपी अर्यालको श्रममन्त्री कार्यकालका निर्णय, पत्राचार, भुक्तानी तथा रकम विदेश पठाइएको प्रक्रियाको अनुसन्धान गर्न, कुमार बेनविरुद्ध दर्ता जाहेरीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन र इनम सापकोटाको मोबाइलको फरेन्सिक परीक्षण गरी डिजिटल प्रमाण सुरक्षित गर्न माग गरेको छ।

त्यसैगरी, दुवै प्रकरणमा अनुसन्धानको अवस्था र आगामी कारबाहीबारे सार्वजनिक जवाफदेहिता कायम गर्न प्रहरी महानिरीक्षकसँग माग गरिएको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘हामी कुनै व्यक्तिलाई पूर्वाग्रहका आधारमा दोषी घोषणा गर्न माग गर्दैनौँ। तर प्रमाणका आधारमा अनुसन्धान, निष्पक्ष सुनुवाइ र दोष प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ।’

ध्यानाकर्षणपत्रको अन्त्यमा मुभमेन्टले स्पष्ट पारेको छ, ‘कानुनभन्दा माथि कोही छैन,न प्रधानमन्त्री, न सभामुख, न राजनीतिक सल्लाहकार र न कुनै राजनीतिक दल। सत्ता अस्थायी हो, संस्था स्थायी हो।’

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙