जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात बिचौलिया प्रहरी नियन्त्रणमा

 

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बिचौलियाको भूमिका निर्वाह गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट प्राप्त गुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले मंसिर १० गते दिउँसो करिब साढे २ बजे उनीहरूलाई प्रशासन कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेहरूमा सिन्धुलीको सुनकोसी गाउँपालिका-२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका-७ का ५० वर्षीय गोपालबहादुर बिष्ट र स्याङ्जाको भीरकोट नगरपालिका-५ घर भई काठमाडौँको सानो भर्‍याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल छन् ।

त्यस्तै काठमाडौँ महानगरपालिका-२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण राना मगर, कागेश्वरी मनोहरा नगरपालिका-३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका-६ घर भई काठमाडौँको शंखमूल बस्ने ५७ वर्षीय स्वयम्कृष्ण निरौला छन् ।

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सभार:- प्रशासन डटकम

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙