
पर्सा , ११ मंसिर –
वीरगंजमा नेपाली नागरिकलाई गैरकानुनी रूपमा क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१० लोहापट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रा.लि. (क्यासिनो) मा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ साल मंसिर १९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोही दिन राति करिब ११ बजेर ५० मिनेटको समयमा प्रहरीले क्यासिनोमा छापा मारेको थियो।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएका व्यक्तिहरूमा पर्सा वीरगञ्ज महानगरपालिका निवासी ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव र २४ वर्षीय अनुराग कुमार रहेका छन्।
त्यस्तै पर्साको पर्सागढी गाउँपालिका निवासी २६ वर्षीय दिनेश साह, वीरगञ्ज महानगरपालिका निवासी ४८ वर्षीय दीपक साह, बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय नरेश प्रसाद, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका निवासी ४७ वर्षीय गुञ्जमान मोक्तान, सिन्धुलीको मरिण गाउँपालिका निवासी २७ वर्षीय विनोद कुमार लो र काठमाडौंको शंखु नगरपालिका निवासी ४० वर्षीय राजेश श्रेष्ठ रहेका छन्।


























